बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लम्बिदै स्कुल विभागको विवाद, सचिवालय बैठक पुनः स्थगित

लम्बिदै स्कुल विभागको विवाद, सचिवालय बैठक पुनः स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र स्कुल विभागको विवादले दुई सातादेखि सचिवालय बैठक स्थगित हुँदै आएको छ। साउन १३ गते अन्तिम पटक बसेको सचिवालय बैठकको मिति पटक–पटक तोकिएपनि बैठक बस्न सकेको छैन।

बुधबारका लागि बोलाइएको बैठक पनि बिहीबारका लागि स्थगित भएको हो।

बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति जुट्न नसक्दा बैठक स्थगितको सूचना नेताहरुलाई दिइएको छ।

विदेशबाट फर्किएपछि सोमबार, मंगलबार र बुधबार गरी तीन पटक अध्यक्षद्वयबीच छलफल भइसकेको छ। तर, अध्यक्षहरुबीच नै स्कुल विभागको जिम्मेवारीका विषयमा विवाद भएपछि टुंगो लागेको छैन।

पार्टी एकीकरण प्रक्रिया पुरा गर्न नेकपाको ३३ वटा विभागले पनि पूर्णता पाउनु पर्ने हुन्छ। अन्य विभागहरुमा मोटामोटी सहमति जुटेपनि स्कुल विभागमा तिब्र विवाद भएको छ।

प्रधानमन्त्री ओलीले इश्वर पोखरेल र प्रचण्डले नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको जिम्मेवारी दिन चाहन्छन्। स्कुल विभागलगायत अन्य विभागको जिम्मेवारीका विषयमा पूर्व एमाले र पूर्व माओवादीका नेताहरुबीच पनि छुट्टाछुट्टै छलफल भएको छ।

मंगलबार पूर्व एमालेका नेताहरुको छलफल बालुवाटारमै भएको थियो भने पूर्व माओवादीका नेताहरुले पनि प्रचण्डलाई भेटेर छलफल गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।