बिहीबार, साउन २८, २०८३

प्रदेश २ मा बिहीबार सार्वजनिक विदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ सरकारले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ। हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले रक्षाबन्धनको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन्। उनले उल्लासका साथ रक्षाबन्धन बनाउन सबैसँग आग्रहसमेत गरेका छन्।

‘रक्षाबन्धनको अवसरमा बिहीबार प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु,’ मुख्यमन्त्री राउतले सार्वजनिक गरेको शुुभकामना वक्तव्यमा भनिएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।