बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्राफिक प्रहरीको गाडीकाे ठक्करबाट पैदल यात्रुको मृत्यु

ट्राफिक प्रहरीको गाडीकाे ठक्करबाट पैदल यात्रुको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। 

बा १ झ ७८६६ नम्बरको गाडीले कोटेश्वरमा ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको हो। मृतक पुरुषको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको  छ। 

ट्राफिक प्रहरी चढेको गाडीले मंलबार राति ती व्यक्तिलाई ठक्कर दिएको थियो। दुर्घटनापछि प्रहरीले उपचारका लागि ट्रमा सेन्टर लगेको थियो । 

उपचारका क्रममा घाइते पैदल यात्रुको बुधबार बिहान करिब ९ बजे मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।