बिहीबार, साउन २८, २०८३

१ लाख ६० हजार घूससहित वडाध्यक्ष पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

महोत्तरी- महोत्तरीको भंग्राहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलम मंगलबार घूससहित रंगेहात पक्राउ परेका छन् । 

सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घूस लिदैँ गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । 

सम्पन्न योजनाको रकम भुक्तानीका लागि सिफारिस गरेबापत उनले घूस लिएको अख्तियारले जनाएको छ ।

सोही प्रकरणमा संलग्न आशंकामा भंग्राहा–८ कै वडा सदस्य कारी साहलाई पनि पक्राउ गरिएको छ । दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको अख्तियार जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।