शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : कार्यक्षेत्रबाहिर गएर लाखौं खर्च, अधिकांश असार महिनामै

प्रदेश २ : कार्यक्षेत्रबाहिर गएर लाखौं खर्च, अधिकांश असार महिनामै

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पछिल्ला चार आर्थिक वर्षमा कार्य क्षेत्र बाहिर गएर अनियमित रुपमा लाखौं खर्च गरेको पाइएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

जनकपुरधाम– प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पछिल्ला चार आर्थिक वर्षमा कार्य क्षेत्र बाहिर गएर अनियमित रुपमा लाखौं खर्च गरेको पाइएको छ। खेलकुद सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने भए पनि मन्त्रालयले गत ४ आर्थिक वर्षमा खेलको नाममा लाखौंको रकम खर्च गरेको पाइएको हो।

sagarmatha cement

पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले खेलकुदको नाममा पछिल्लो चार आर्थिक वर्षमा ७७ लाखभन्दा बढी रकम खर्च गरेका छन्। प्रत्येक वर्ष महालेखा परीक्षकको कार्यालयले यो कार्यक्षेत्रभन्दा बाहिर गएर रकम खर्च गरिएको भन्दै यस्ता कार्य नगर्न सुझाव दिए पनि पूर्व मन्त्री यादवले त्यसलाई वेवास्ता गर्दै आफ्ना कार्यकर्ता तथा आसेपासेलाई फाइदा पुग्ने गरी खेलकुदको नाममा गत ४ आर्थिक वर्षमा ७७ लाख ५२ हजार ५ सय ९ रुपैयाँ खर्च गरेका छन्।

उनले पछिल्लो आर्थिक वर्ष २०७७–०७८ मा मन्त्रालयको कार्यक्षेत्र बाहिर गएर खेलको नाममा ४२ लाख २५ हजार ५ सय ९ रुपैयाँ खर्च गरेका छन्। शान्तिका लागि खेलकुद शिर्षकमा २९ लाख १७ हजार ९ सय ७१ रुपैयाँ खर्च गरेका छन् भने शान्तिका लागि खेलाडीको बन्द प्रशिक्षणको नाममा १३ लाख ७ हजार ५ सय ३८ रुपैयाँ खर्च भएको पाइएको छ।

कोरोना संक्रमणको त्रासका कारण नेपाल सरकारले समूहमा खेलिने खेलहरुमा रोक लगाएको थियो। असारमा समेत यस्ता खेलकुद गतिविधिमा रोक लगाइए पनि मन्त्रालयले बन्द प्रशिक्षणको नाममा असारमा मात्रै १ लाख ८७ हजार १ सय २८ रुपैयाँ खर्च गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले खेलकुदको नाममा आर्थिक वर्ष २०७६–७७ मा २३ लाख ८४ हजार, आर्थिक वर्ष २०७५–०७६ मा  ६ लाख ६० हजार र आर्थिक वर्ष २०७४–०७५ मा मन्त्रालयको कार्यक्षेभन्दा बाहिर गएर ३ लाख ८३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ।

worldlink

महालेखापरीक्षकको कार्यालयले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार मन्त्रालयको मुख्य कार्य प्रदेश भित्र शान्ति सुरक्षा कायम गर्ने, नीति नियम तर्जुमा गर्ने, अन्य मन्त्रालयबाट तर्जुमा हुने ऐन कानूनको राय परामर्श दिने रहेकोमा यस विपरीत खर्च हुँदै आइरहेको र खर्च नियन्त्रण गर्न पटक पटक सुझाव दिँदै आएको थियो। यद्यपि मन्त्रालयले कार्य क्षेत्र बाहिरका योजनामा खर्च गर्न पछाडि परेन।

मन्त्रालयले आफ्नो बजेटको अधिकांश रकम असार महिनामै खर्च गरेको समेत पाइएको छ। मन्त्रालयले विद्यार्थीहरुका लागि भित्ते पत्रिका सम्बन्धी गोष्ठीमा ४७ लाख  ७८ हजार ३ सय ६१ रुपैयाँ खर्च गरेकोमा असारमा मात्रै ३८ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ खर्च गरेको थियो। यस भित्ते पत्रिका सम्बन्धी गोष्ठीको सञ्चारकर्मी तथा पत्रकार महासंघका पदाधिकारीहरुले समेत विरोध गरेका थिए। मन्त्रालयले असारको अन्त्यमा बजेट सकाउनका लागि जसपा नजिकका युवा कार्यकर्ताहरुलाई तालिम दिएको थियो।

त्यस्तै मन्त्रालयले सवारी साधन मर्मत खर्चमा २४ लाख ९६ हजार ९ सय ९० रुपैयाँ खर्च गरेकोमा असारमा १२ लाख ३३ हजार ८९ रुपैयाँ खर्च गरेको थियो।

सेवा र परामर्शको नाउँमा मन्त्रालयले असारमा मात्र ६ लाख ३५ हजार ८ सय १४ रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ। सेवा र परामर्शको नाउमा मन्त्रालयले गत वर्ष ७ लाख  ७९ हजार ७ सय ७४ रुपैयाँ खर्च गरेको हो। असारमा नै मन्त्रालयले वार्षिक क्यालेण्डर प्रकाशनबापत ४ लाख ९८ हजार ४ सय ६५ रुपैयाँ खर्च गरेको छ।

प्रकाशित: Aug 27, 2021| 15:03 शुक्रबार, भदौ ११, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।