बुधबार, कात्तिक १९, २०८२

को हो काबुलमा आक्रमण गर्ने ‘आईएसआईएस–के’ समूह?

कम्तीमा ९० जनाको मृत्यु र सयौं घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।
 |  शुक्रबार, भदौ ११, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– काबुल विमानस्थलमा बिहीबार भएको आक्रमणको जिम्मा ‘आईएसआईएस–के’ समूहले लिएको छ। कम्तीमा ९० जनाको मृत्यु र सयौं घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।

Kumaribank

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो। इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेका बेला सन् २०१५ को ज्यानुअरीमा खडा गरिएको हो। आईएसलाई त्यसयता अमेरिकी नेतृत्वको फौजले हराइसकेको भए पनि आईएसआईएस(के भने अफगान र पाकिस्तानी लडाकुलाई सामेल गरेर शक्तिशाली बनिरहेको छ। यसका धेरै सदस्य तालिबानका पूर्वलडाकुहरू छन्।

आईएसआईएस–केलाई कन्या विद्यालय, अस्पताल र प्रसूति वार्डमा गरिएका हिंसात्मक आक्रमणका लागि जिम्मेवार मानिएको छ। एउटा आक्रमणमा उनीहरूले गर्भवती महिला र नर्सहरूको समेत हत्या गरेका थिए। तालिबानले अफगानिस्तानलाई मात्रै आफ्नो क्षेत्र मान्छ भने आईएसआईएस–के भने आईएसको सहयोगी भएका कारण पश्चिमा र अन्तर्राष्ट्रिय जहाँ सकिन्छ त्यहाँ आक्रमण गर्न गरी तयार पारिएको छ।

आईएसआईएस–के अफगानिस्तानको पूर्वी प्रान्तमा छन् जहाँ पाकिस्तानमा लागूऔषध र मानव तस्करी हुने बाटो रहेको छ। कुनै बेला यसका ३,००० लडाकु रहेका भए पनि अमेरिकी र अफगान फौजसँग द्वन्द्व एवं तालिबानसँगको द्वन्द्वमा धेरै लडाकु मारिएको मानिन्छ।

अर्कै समूह हक्कानी सञ्जालमार्फत तालिबानसँग आईएसआईएस(केको सम्बन्ध छ। अध्ययनकर्ताहरू आईएसआईएस–के र हक्कानी सञ्जालबीच गहिरो सम्बन्ध छ। हक्कानी सञ्जालको तालिबानसँग गहिरो सम्बन्ध छ।

Metro Mart

अफगानिस्तानमा विद्रोही समूहको अध्ययन गरिरहेका डा. सज्जन गोहेल भन्छन्, ‘सन् २०१९ देखि २०२१ सम्ममा धेरै आक्रमण आईएसआईएस–के, तालिबानको हक्कानी सञ्जाल र पाकिस्तानमा रहेका अन्य आतंककारी समूहहरूबीचको सहकार्य हुन्।’

प्रकाशित: Aug 27, 2021| 12:27 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।