काठमाडौं - शेयर बजारलाई मौद्रिक नीतिले उल्टो असर गरेको छ। मौद्रिक नीतिमा फोर्स मर्जर नीति ल्याउने आशामा बसेका लगानीकर्ताहरुलाई निरास बनाउँदै केन्द्रीय बैंकले प्रोत्साहनकारी मौद्रिक नीति ल्याएपछि सेयर बजार परिसुचक साताको अन्तिम दिन बिहीबार राताम्मे भएको हो।
केन्द्रीय बैंकले फोर्स मर्जको नीति ल्याएमा कमजोर बैंकहरु शसक्त बैंकसँग मर्ज हुने र बैंकहरु शसक्त भएपछि लगानीकर्ताहरुलाई पनि राम्रो फाइदा हुने अपेक्षा लगानीकर्ताहरु थियो। सोही आशामा बसेका लगानीकर्ताहरुलाई मौद्रिक नीतिले निराश बनाएपछि त्यसको असर बजारमा देखिएको हो। शेयर बजारमा सबैभन्दा धेरै हिस्सा बैंक तथा वित्तिय संस्थाको छ। त्यसैले पनि बैंक तथा वित्तिय समूहको परिसुचक ओरालो लाग्ने वित्तिकै समग्र परिसुचक नै ओरालो लाग्छ।
बिहीबार नेप्से १४.१५ अंकले घटेको छ। दिनभर २१ लाख ९८ हजार कित्ता सेयर रु ५५ करोड ५ लाख रुपैयाँमा बिक्री भएको छ।
यसदिन सम्पूर्ण परिसुचकहरु ओरालो लागेको छ। बिहीबार बैंकिङ समूहको परिसुचक १२.५६ अंक, ट्रेडिङ समूह २.६२ अंक, होटल समूह ३२.८४ अंक, विकास बैंक समूह १८.७६ अंक, जलविद्युत समूह २१.५४ अंक, फाइनान्स समूह ३.८४अंक, निर्जिवन जीवन बीमा ८४.३५ अंक, उत्पादनमूलक १५.४८ अंक, अन्य ५.१४ अंक, लघुवित्त १९.६८ अंक, जीवन बीमा ५३.५४अंक, र म्याचुअल फण्ड ०.११ अंकले ओरालो लागेको छ।
यसदिन प्रभु, कृषि विकास बैंक, नेपाल बैंक,अपर तामाकोसी, मेगा बैंकको धेरै कारोबार भएको छ।
बिहीबार घटेको बजारमा पनि कमाउने कम्पनीहरुमा नेपाल लुवी ओवल लिमिटेड, श्री रामसुगर मिल्स लि, ग्लोवल आइएमई लघुवित्त लि, खानीखोला जलविद्युत लिमिटेड लगायतले सबैभन्दा बढी कमएका छन्। त्यस्तै सबैभन्दा बढी युनियन हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, बरुण जलविद्युत लगायतका कम्पनीहरुले सबैभन्दा धेरै गुमाएको नेप्सेले जनाएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४