शनिबार, चैत ११, २०७९

भोलिदेखि महँगिदै इन्टरनेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं - भोलिदेखि (साउन १ गतेदेखि) इन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्ने भएको छ। इन्टरनेट प्रदायक कम्पनीहरुले सरकारले लगाएको दुरसञ्चार सेवा शुल्क ग्राहकबाट उठाउने निर्णय गरेपछि इन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्ने भएको हो । 

गत वर्ष सरकारले बढाएको दुरसञ्चार शुल्कमा ५० प्रतिशत कर सरकारले छुट दिने र ५० प्रतिशत मात्र इन्टरनेट प्रदायक कम्पनीले तिर्ने सहमति भएको थियो । तर सो सहमति सरकारले कार्यान्वयन नगरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बाध्य भएर ग्राहकबाट दुरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ।
 
बृद्धि भएको १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क साउन १ देखि ग्राहकले नै तिर्नुपर्ने छ। सरकारले गत वर्ष गरेको सहमति लागु नगरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले दुरसञ्चार सेवा शुल्क ग्राहकबाट नै उठाउने निर्णय गरेको संघले स्पष्ट पारेको छ।
  
संघका अध्यक्ष भोजराज भट्टका अनुसार सरकारले नियमावली संशोधन गरी ५० प्रतिशत छुट दिने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो। तर सो सहमति कार्यान्वयन नहुँदा आफूहरुलाई मात्र भार पर्ने भएकोले शुल्क बढाउन बाध्य भएको संघका अध्यक्ष भट्टले जानकारी दिए। अब इन्टरनेट प्रयोगकर्ता ग्राहकले आफूले तिर्दै आएको शुल्कमा १३ प्रतिशत शुल्क थपेर तिर्नुपर्नेछ।

गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेको हो।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।