बिहीबार, वैशाख ३, २०८३

इंग्ल्यान्ड बन्याे क्रिकेटको नयाँ च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- घरेलु मैदानमा आयोजना भएको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड क्रिकेटको नयाँ च्याम्पियन बनेको छ।

सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड क्रिकेटको नयाँ च्याम्पियन बनेको हो।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्दा जवाफमा न्युजिल्यान्डले पनि १५ रन जोडेको थियो । तर इनिङमा इंग्ल्यान्डको बाउन्ड्री बढि भएकाले घरेलु टोलि च्याम्पियन बनेको हो ।

यसअघि इंग्ल्यान्डका बेन स्टोक्सले उत्कृष्ट अविजित अर्धशतकीय पारी खेले पछी खेल सुपर ओभरमा पुगेको थियो । न्युजिल्यान्डले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन जोड्दा खेल सुपर ओभरमा पुगेको हो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बुट्लरे अर्धशतकीय पारी खेले । स्टोक्सले ९८ बलमा ५ चौका र २ चक्का प्रहार गर्दै रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै बुट्लरले ६० बलमा ६ चौकाको मद्दतमा ५९ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जिन्नी बेयरस्टोले ३६ रनको योगदान दिए । उनले ५५ बलमा ७ चौका प्रहार गर्दै ३६ रन जोडेका हुन् । जोसन रियले १७ रन जोड्दा, लियम प्लुंकेटले १० कप्तान इओन मोर्गनले ९, जोए रुटले ७ र क्रिस वोक्सले २ र जोडे।

न्युइल्यान्डका लागि लोकिज फेर्गुसनले तीन विकेट लिए। त्यस्तै जेम्स नीशाम दुई तथा मात हेन्री र कोलिन डे ग्रन्डोमले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन जोडेको थियो।

न्युजिल्यान्डका लागि हेन्री निकोलसले अर्धशतकीय पारी खेले । निकोलसले ७७ बलमा ४ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै टोम लाथम अर्धशतक बनाउनबाट तीन रनले चुके । उनले ५६ बलमा २ चौका र १ छक्काको मद्दतमा ४७ रनको पारी खेलेका हुन् ।

मध्यम सुरुवात गरेको न्युजिल्यान्डका लागि निकोलस र कप्तान केन विलियमसनले दोश्रो विकेटका लागि ७४ रनको सझेदारी गरेका थिए । विलियमसनले ५३ बलमा २ चौका हान्दै ३० रन जोडे ।

न्युजिल्यान्डले पहिलो विकेटको रुपमा १९ रनमा खेली रहेका मार्टिन गुप्टिललाई गुमाएको थियो । त्यस्तै जोस टेयलर १५, जेम्स नीशाम १९, कोलिन डे ग्रन्डोमले १६ र म्याट हेन्री ४ रनमा पेभेलियन फर्खिए । मिचेल सान्टर ५ र ट्रेन्ट बोल्ट १ रनमा अविजित रहे ।

इंग्ल्यान्डका लागि लियम प्लुंकेट र क्रिस वोक्सले समान तीन तीन विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।