एजेन्सी- फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजमन बार्सिलोनामा समर्थकमाझ सर्वाजनिक भएका छन्। उक्त सार्वजनिक समारोहमा ग्रिजनमले बार्सिलोनामा आफु धरै खुसी भएको बताएका छन् । उनले नयाँ सिजनमा टिमसँग कार्य गर्न उत्साहित भएको समेत बताएका छन् ।
‘यो मेरो नयाँ चुनौती हो र आसा छ की मेरो नयाँ लक्ष्यलाई उत्कृष्ट सावित गर्न सकु ।’ उनले भने, ‘मेरो मुख्य लक्ष्य कोपा डेल’रे, ला लिगा र च्याम्पियन्स लिग जित्नु हुने छ ।’
ग्रिजनमनले बार्सिलोनामा आउनु आफ्नो सपना भएको र कप्तान मेस्सीसँग खेल्ना आनन्द आउने बताएका छन् । बार्सिलोनाले उनलाई १२० मिलियन युरोमा पाँच वर्षका लागि अनुबन्ध गरेको छ ।

ग्रिजमनले रियल सोसिडाडबाट व्यवसाहिक फुटबल यात्रा सुरु गरेका थिए । उनले आफ्नो पुरै व्यवसाहिक फुटबल जीवन स्पेनिस ला लिगामा बिताएका छन् । रियल सोसिडाडबाट ला लिगाका चार सिजन बिताएका उनले २०१४-१५ को सिजन पछि अर्को ला लिगा क्लब एथ्लेटिको मड्रिडमा पाँच वर्ष बिताए ।
उनेल रियलका लागि सबै खाले २०१ खेलमा ५२ गोल गरेका थिए भने एथ्लेटिकोका लागि २५७ खेल खेल्दा १३३ गोल गरेका छन् । उनेल पछिल्लो सिजन ला लिगाका ३७ खेलमा १५ गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४