बिहीबार, वैशाख ३, २०८३

विनोदको विस्फोटक ब्याटिङमा मलेसियालाई विशाल लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विनोद भण्डारीको उत्कष्ट अर्धहतीय पारीको मद्दतले नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेटको अन्तिम खेलमा मलेसियालाई जितका लागि १ सय ७४ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको हो । 

नेपालक लागि शरद भेसवाकरले ४० रनको पारी खेले । मध्यम सुरुवात गरेको नेपालका लागि शरदले २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडका हुन् । ४.५ ओभरमा ३४ रन पुग्दा पहिलो विकेटको रुपमा पवन सराफलाई गुमाएको नेपालले छैठौं ओभरमा दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पासर खड्का लागि गुमाएको थियो । 

पवन १० रनमा आउट हुँदा मल्ल ७ र पारसले २३ रन जोडे । त्यस्तै चौथो विकेटको रुपमा रोहित कुमार पौडेलले १९ रन जोड्दा करन केसीले १६ रन जोडे । विनोद भण्डारीले आक्रमक ५१ रनको अर्धशतकीय पारी खेले । 

उनले २५ बलमा ३ चौका र ५ छक्का प्राहर गर्दै ५१ रनको अविजित पारी खेलेका हुन् । त्यस्तै सोमपाल कामी रनमा १ अविजित रहे । मलेसियाका लागि फित्री शामले तीन विकेट लिए । त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।