बिहीबार, वैशाख ३, २०८३

को बन्ला नयाँ विश्व च्याम्पियन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आज (आइतबार) आयोजक इंग्ल्यान्ड र न्युजिल्यान्डबिची प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ । 

आइतबार हुने यस फाइनल खेल पछि विश्व क्रिकेटले एक नयाँ च्याम्पियन पाउने छ । इंग्ल्यान्ड १९६६ मा फिफा विश्वकप जितेको छ । चर, क्रिकेटमा भने उपाधि जित्न सकेको छैन् । लिगमा उतारचढाँब गर्दै इंग्ल्यान्ड फाइनलसम्म पुगेको छ । 

पहिलो पटक इंग्ल्यान्डले कुनै पनि नएकदिवसीय क्रिकेटमा आफ्नो आक्रमक प्रदर्शन प्रस्तुत गर्दै पहिलो पटक क्रिकेट प्रेमिको मन जितेको छ । पछिल्लो विश्वकपमा इंग्ल्यान्ड लिग चरणबाटै बाहिरिएको थियो । 

न्युजिल्यान्डका लागि कुल कप्तानका रुपमा चिनिएका केन विलियमसन इएंग्ल्यान्डका लागि तगारो बन्न सक्दछन् । सेमिफाइनलमा भारतलाई हराएसँगै न्युजिल्यान्डको मनोबल उच्च भएको छ । 

तर, जोनी बेयरस्टो, जेसन रोय, जोए रुट, जोस बुट्लर र बेन स्टोकस जस्ता स्टार खेलाडीले भरिएको इंग्ल्यान्ड टिम उपाधिको प्रवल दाबेदार मानिएको छ । तीन पटक फाइन पुगेको इंग्ल्यान्ड चौथो पटक उपाधि जित्नेमा विश्वस्त देखिएको छ । 

पहिलो पटक १९७९ मा वेस्टइन्डिजसँग फाइनलमा पराजति हुँदै उपाधिबाट बन्चित भएको इंग्ल्यान्ड १९८७ मा अष्ट्रेलिया, १९९२ मा पाकिस्तानसँग पराजित भएको थियो । 

यस प्रतियोगितामा रोय र बेयरस्टो उत्ककृष्ट लयमा छन् । रोयले ४२६ रन जोड्दा बेयरस्टोले ४९६ रन जोडका छन् । तर, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरी बिलङतर्फ लयमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।