एजेन्सी- उरुग्वे स्ट्राइकर लुइस सुआरेजले स्पेनिस क्लब बार्सिलोनामा आफ्नो पाँचौ वर्षको उत्सव मनाएका छन् । उनले बार्सिलोनाको इतिहासमा सर्वाधिक गोल गर्ने पाँचौ खेलाडीको रुपमा उत्सव मनाएका छन् ।
सुआरेज ११ जुलाई २०१४ मा इङ्लिस क्लब लिभरपुलबाट क्याम्प नाउ पुगेका थिए । आफ्नो राष्ट्रिय टोलीको मुख्य सदस्य समेत रहेका सुआरेजले बार्सिलोनाका लागि २४७ खेल खेल्दै १७७ गोल गरेका छन् । जुन बार्सिलोनाको इतिहासमा सर्वाधिक गोल गर्ने सुआरेज पाँचौ खेलाडी हुन् । उनले बार्सिलोनामा १३ उपाधि समेत जितेका छन् ।
बार्सिलोनामा उनका लागि पहिलो सिजन खास थियो । किनकी सुआरेजले आफ्नो डेव्यु सिजनमा नै तीन उपाधि जितेका थिए । जहाँ उनले २५ गोल गरेका थिए । यसका बाबजुद पनि उनी पहिलो सिजनमा निलम्बनमा परेका थिए ।
२०१५-१६ को सिजन व्यक्तिगत आँकडाको हिसाबमा पनि बार्सिलोनाका स्ट्राइकरका सुआरेजका लागि सबै भन्दा उत्कृष्ट रह्यो । उनले एक सिजनका ५३ खेलमा ५९ गोल गर्दै लिग र कप जित्यो ।
पछिल्लो दुई वर्ष यता उनले बार्सिलोनामा स्कोर र इतिहास बनाउँदै आएका छन् । उक्त समय उनी त्यस्तो खेलाडी बनेका थिएकी, जहाँ १०० गोल पुरा गर्न सुआरेजलाई सबै भन्दा कम खेल खेलेको आवस्यकता थियो । उनले मेस्सी, सेसर, कुबाला र इटोओको रेकर्डलाई तोडेका थिए ।
२०१९ मा सुआरेजले दुई नयाँ रेकर्ड समेत बनाएका थिए । पहिलो रेकर्ड उनले बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने पाँचौ खेलाडी बने । त्यस्तै दोस्रो रेकर्ड ला लिगामा १३१ गोल पुरा गर्दै लाडिसलाउ कुबालसँग बराबरी गर्दै लिगमा तेस्रो सर्वाधिक गोल कर्ता बने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४