बिहीबार, वैशाख ३, २०८३

नेपाललाई मलेसियाको १२९ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- भिरन्दीप सिंहको अर्धशतकको मद्दतले मलेसियाले नेपाललाई १ सय २९ रनको लक्ष्य सुम्पेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन जोडेको हो । 

खराव सुरुवात गरेको मलेसियाका लागि भिरन्दीपले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ७ चौका र १ छक्का पहर गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

भिरन्दीपले दोस्रो विकेटका लागि फित्री शामसँग ४१ रनको साझेदारी गर्दा तेस्रो विकेटका लागि कप्तान अहमद फाइजसँग ५० रनको साझेदारी गरे । कप्तान फाइजले ३९ बलमा २ छक्का प्रहार गर्दै४५ रनको योगदान दिए । 

मलेसियाले पहिलो विकेटको रुपमा सयेद अजिजलाई शुन्य रनमा गुमाउँदा दोस्रो विकेटको रुपमा १२ रनमो खेली रहेका फित्री शामलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका भिरन्दीपलाई गुमाउँदा चौथो विकेटको रुपमा शाफिक शारिफलाई दुई रनमा गुमायो । 

त्यस्तै अकीनुद्दीन रामलीर र शर्भिन मुनियान्डी, अन्वर रहमन शुन्य रनमा पेभिलिएन फर्किदा मुहमद सयेहदत ८ रनमा आउट भए । नेपालका लागि करन केसीले तीन विकेट लिए । त्यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले समान दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।