काठमाडौं- मलेसियासँगको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नपालले टस हारेर पहिलो फिल्डिङको निम्तो पाएको हो ।
नेपालले मैदान प्रवेश गर्दा सिरिजनै जित्ने लक्ष्यमा साथ मलेसियाविरुद्ध उत्रिने छ । यता मलेसिया भने पछिल्लो नेपाललको दाबदबालाई तोड्दै जिति निकाल्ने दाउमा छ । यी दुई टोलीले आइसिसी टी-२० विश्वकप एसिया फाइनल अन्तरगत २४ जुलाईमा प्रतिस्पर्धा गर्दै छन् ।
सिंगापुरमा आयोजना हुने आइसिसी टी-२० विश्वकप एसिया फाइनलको तयारीमा रहेको नेपालले मलेसियासँग दुई खेल टी-२० सिरिज खेल्न लागेको हो । नेपालले एकदिवसीय मान्यता पाएपछि यो दोस्रो सिरिज हो । यस अघि नेपालले युएईलाई पराजति गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४