एजेन्सी- संघर्ष पूर्ण रुपमा सेमिफाइनल यात्रा तय गरेको इंग्ल्यान्ड सहि लयमा फर्केको कप्तान इयोन मोर्गनले बताएका छन् । उनले केही वर्ष पहिलेदेखीकै टोली आफुसँग रहेको र टोली पुन लयमा फर्किएको बताएका हुन् ।
इग्ल्यान्डले आज (बिहीबार) साविकको विजेता टोली अष्ट्रेलियासँग फाइनल प्रवेशका लागि भिड्दै छ । प्रतियागिताको सुरुवा समय देखीनै इंग्ल्यान्डलाई उपाधिको दावेदाको रुपमा हेरिएको थियो । इंग्ल्यान्डको सुरुवात पनि उत्कृष्ट रहेको थियो ।
तर दोस्रो खेलमा पाकिस्ताननसाग पराजित हुँन पुगेको थियो । त्यसपछि लगातार तीन खेल जितेको थियो । श्रीलंका र अष्ट्रेलियासँग पराजति हुँदै सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर, अन्तिम दुई खेलमा भारत र न्युजिल्यान्डलाई पराजित गर्दै शीर्ष चारमा स्थान बनाएको थियो ।
‘चार खेल पहिले हामी जो टिम थियो, अब त्य भन्दा फरक छौ । मलाई लाग्छ की श्रीलंकासागको हारले मलाई धेरै सिकाएको छ । त्यसपछि हामीले हामीले त्यस्तो क्रिकेट खेल्यौ की जुन केही वर्ष पहिले खेल्ने गर्दै थ्यौ ।’
कप्तान मोर्गनले भने, ‘एक पटक हामी धरमराएका थियौ । तर, पछि हामीले सुधारिएको प्रदर्शन गर्यौ । बिहीबारको खेलमा पनि हामी यही प्रर्दशन गर्ने कोसिश गर्ने छौ ।’
लिगमा ६४ रनले पराजति भएको इंग्ल्यान्ड सेमिफाइनल खेलमा बदला लिन चाहन्छ । तर, याता विजयी अष्ट्रेलिया उच्चमनोबलमा साथ मैदान उत्रिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४