बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विषादी परीक्षण नगर्ने निर्णय : आपूर्तिमन्त्रीले माफी मागे

विषादी परीक्षण नगर्ने निर्णय : आपूर्तिमन्त्रीले माफी मागे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार नै नहेरी भारतबाट आयात हुने सागसब्जी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । 

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गरेर आफूले गल्ती गरेको भन्दै माफी मागेका हुन् । उनले मन्त्रालयका सचिवहरुका कारण आफूले त्यस्तो निर्णय गरेको बताए ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए । यसबारे निर्णय गर्ने बेलामा उनीहरूले मलाई गुमराहमा राखे ।’

मन्त्री यादवले प्रधानमन्त्री वा अरू कसैको दबावमा निर्णय फिर्ता नलिएको दाबी गरे। 

‘सचिवहरुले मलाई जानकारी नै दिएनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु ।’ उनले थप्पड हानेर सन्तोष मिल्छ भने आफूलाई हान्न आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।