बुधबार, साउन २७, २०८३

प्रस्तावित राजदूतको सुनुवाई केही समयका लागि स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संसदीय सुनुवाई समितिमा विभिन्न देशका लागि प्रस्तावित चार जना राजदुतको सुनुवाईको काम अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

संसदीय सुनुवाई विशेष समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत डा. बंशीधर मिश्रको सुनुवाई गरिएपछि बैठक अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको हो । 

अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 

बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढने प्रतिवद्धता व्यक्त गरे। नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने उनको योजना छ।

गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदुत सिफारिस गरेको थियो। समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।