बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २ अर्बमा राष्ट्रबैंकको नयाँ भवन, राष्ट्रपतिले गरिन् शिलान्यास

२ अर्बमा राष्ट्रबैंकको नयाँ भवन, राष्ट्रपतिले गरिन् शिलान्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल राष्ट्र बैंकको नयाँ बन्न लागेको भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी छिन् । 

शिलान्यास कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकलाई जनताप्रति जवाफदेही हुन आग्रह गरिन् । उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले सरकारको वित्तिय नीतिलाई सहयोग गर्ने र उत्पादन बृद्धिमा बल पुग्ने खालको ल्याउन सुझाव दिइन् । 

उनले जनताले आधारभूत बैंकिङ सेवा पाउनुपर्ने र त्यसको सुनिश्चितता राष्ट्र बैंकले गर्नुपर्ने धारणा राखिन् । 

राष्ट्र बैंकको नयाँ भवन ललितानिवासको स्वरुपमा २ अर्ब ८ करोडको लागतमा बन्ने छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाउने लागेको सो भवन ५ हजार ३२ वर्ग मिटर क्षेत्रफल रहेको छ ।

भवन निर्माणको जिम्मा प्राधिकरण मार्फत सिको समानान्तर जेभीले पाएको छ । भवन २०७८ भदौ सम्ममा सम्पन्न गरिने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए । राष्ट्र बैंकको मुख्य भवन २०७२ बैशाख १२ गते गएको महाभुकम्पले भत्किएको थियो । 

यसअघि राष्ट्र बैंकको भवन बनाउने जिम्मा पप्पु कन्ट्रक्सनले पाएको थियो तर पप्पु कालोसुचीमा परेपछि राष्ट्र बैंकले उसलाई हटाएर प्राधिकरणलाई नै जिम्मा दिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।