बुधबार, साउन २७, २०८३

कांग्रेसको बैठक किन एक घण्टा पनि बस्न सकेन ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चैत्र ५ गतेपछि बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै तीन महिनापछि असार २२ गते बस्यो। दिउँसो दुई बजेका लागि बोलाइएको बैठक झण्डै पाँच घण्टा ढिलो गरी साँझ सात बजे बस्यो। त्यो पनि जम्मा एक घण्टा।

पार्टीको १४ औं महाधिवेशन तयारीका विषयमा नेताहरुबीच सहमति नहुँदा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न ढिलाई हुँदै आएको छ।

कांग्रेस नेता धनराज गुरुङले नेपाल समयसँग भने,‘मुख्य त महाधिवेशन कै विषयमा कुरा नमिल्दा बैठक बस्न ढिलो भयो। नेताहरुले महाधिवेशनका विषयमा सहमतिको प्रयास गर्दै थिए। तर, पनि भएन। अव २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।’

‘नेपाली कांग्रेसको नियमावली २०७६’ अध्ययनका लागि पाँच दिनको समय दिइएको उनले बताए। पाँच दिनभित्र केन्द्रीय समिति सदस्यहरुले नियमावली अध्ययन गरी बैठकमा छलफल गर्ने जानकारी दिए।

किन सुल्झिएन विवाद

सभापति शेरबहादुर देउवा पक्षधर बाहेक रामचन्द्र पौडेल समूह, कोइराला परिवार र कृष्ण सिटौला समूहले महाधिवेशन यही फागुन मै गर्न दबाब दिदैछन्। बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरण प्रक्रिया अगाडि बढाउनु पर्ने पौडेलसहितको समूहको अडान थियो।

केन्द्रीय समिति बैठकमा महाधिवेशन सम्बन्धी एजेण्डा लान सभापति देउवाले आनाकानी गरेका थिए। तर, छलफलपछि देउवाले महाधिवेशनको एजेण्डा लगे।

आइतबार केन्द्रीय समितिका लागि बोलाइएको समयमा कांग्रेसका नेताहरु गुटगत छलफल पनि गरे। महाधिवेशन सार्ने विषयमा आफूहरु सहमत हुन नसक्ने भन्दै ती गुटहरुले निष्कर्ष निकाले पछि महाधिवेशनको विषय केन्द्रीय समितिमा आएको हो।

के छ एजेण्डा

आइतबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशामा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका थिए। 

१  नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको 'नेपाली कांग्रेसको नियमावली, २०७६' समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने ।

२  पार्टी विधानको धारा ७२ ९४० अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा ।

३    विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा ।

४    २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने । 

५    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने ।

६    केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।

७    नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।

८    भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा ।

९    पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा ।

१०  जनसम्पर्क समितिका सम्बन्धमा ।

११  स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा ।

१२  तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा ।
 
१३  देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ ।

१४  बिविध
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।