काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा २६ वर्षीय कान्छी केटीसँग टीकाटालो गरेका छन् ।
कार्कीले उत्सव शमशेर राणाकी नातिनीसँग बिहे गर्न लागेको बताइए पनि बधुको नाम भने खुलेको छैन । कार्कीको बिहेको मिती पनि सार्वजनिक गरिएको छैन ।
विवाह पूर्व आयोजित टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यमात्र उपस्थित रहेको बताइएको छ ।
यस अघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि कार्कीले तेश्रो विवाह गर्न लागेका हुन् । कार्कीले पहिलो बिहे पछाइँ परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गरेका थिए । कार्कीकी जेठी श्रीमतीबाट एक छोरी छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४