बुधबार, साउन २७, २०८३

प्रस्तावित चार राजदुत संसदीय सुनुवाइमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रस्तावित चार राजदूतहरुको सुनुवाइ सोमबार (आज) हुँदै छ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ ।

बैठकमा सरकारले सिफारिस गरेका चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई हुने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।  अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सरकारले सिफारिस गरेको छ । 

चार राजदूतको व्यक्तिगत रूपमा कसैमाथि उजुरी नपरेको र दुईवटा सैद्धान्तिक उजुरी परेका समितिका सभापति कर्णले जानकारी दिए । समितिले प्रस्तावित राजदूतहरुविरुद्ध कुनै उजुरी भए उजुरी दिन असार १४ गतेसम्म समयसीमा दिएको थियो ।

व्यक्तिमाथि उजुरी नपरेकाले चारैजना स्वतः राजदूतमा सुनुवाइ समितिबाट अनुमोदित हुनेछन्। समितिले नाम अनुमोदन गरेपछि नियुक्तिको बाटो खुल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।