बुधबार, साउन २७, २०८३

डाइपरमा सुन लुकाएर तस्करी गर्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

विमानस्थल भन्सार कार्यालय काठमाडौँको टोलीले सुन लुकाएर ल्याउँदै गरेका नवलपरासीका वीरबहादुर थारुलाई आइतबार पक्राउ गरेको प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले जानकारी दिए । 

थारुले डाइपरको बटम भित्र फल्स बटम बनाएर १९३ ग्राम सुन ल्याएको फेला परेको छ । उनी कतारको दोहाबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत  काठमाडौँ आउँदा जाँचका क्रममा सुनसहित पक्राउ परेका हुन् । 

यस्तै आइतबार नै प्रहरीले डाइपरमा सुन राखेर कतारबाट आएका एकसहित तीन जनालाई विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोरङका लिलाबहादुर बस्नेत तथा सामान लिन आउने रुपेश गिरी र टेकबहादुर थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए । 

बस्नेतको साथबाट ४०० ग्राम सुन बरामद गरिएको थियो । विदेशबाट आउँदा ५० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने कानूनी प्रावधान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।