बुधबार, साउन २७, २०८३

कोपा अमेरीकाको उपाधि ब्राजिललाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलले घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति भएको फाइनलल खेलमा पेरुलाई ३-१ गोलले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो । 

१२ वर्ष पछि फाइनल पुगेको ब्राजिलको नवौं कोपा अमेरिका उपाधि हो । पछिल्लो समय ब्राजिलले सन् २००७ सालमा कोपाको उपाधि जितेको थियो । यता ४४ वर्ष पछि फाइनल पुगेको पेरुले उपाविजेता बनेको छ । 

यसअघि दुई पटक फाइनल पुग्दा दुबै चोटी उपाधि जितेको पेरुले यस पटक भने ब्राजिलसँग हार ब्यहर्नु परेको छ । ब्राजिलको जितका लागि एभर्टन सुआरेज, ग्याब्रियल जिसस र रिचार्लिसनले एक एक गोल गरे । त्यस्तै पेरुका लागि पाओलो गुरेरोले एक गोल फर्काए । 

खेलको १५ औं मिनेटमा सुआरेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले जिससको पासलाई गोल गरेका हुन । ४४ औं मिनेटमा पेरुका पाओलोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बरारबीमा ल्याए । 

तर, पहिलो हाफको इन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा गोल देख्न भने लामै समय कुर्नु पर्यो । खेलको ७० औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमेटियो । तर खेलको अन्तिम मिनेटमा रिचार्लिसनले प्नाल्टीमा गोल गर्दै ब्राजिललाई ३ १ को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।