बुधबार, साउन २७, २०८३

‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा धोनीको नाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप २०११ को उपाधि जिताउँदै तत्कालिन कप्तान महेन्द्र सिंह धोनी २८ वर्ष पछि भारतका लागि एक अमर कप्तान भए । उनले आफ्नो क्रिकेट जीवनमा कप्तानी र ब्याटिङबाट कयौ रेकर्ड बनाए । 

तर, धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहेको धेरैलाई थाहा नहुन सक्छ । धोनीले आफ्नो कप्तानीमा भारतीय क्रिकेट टिमलाई टेस्ट र एकदिवसीयमा आइसिसी वरियताको नम्बर एकमा पुर्याएका थिए । 

पूर्व भारतीय दिग्गज कप्तान सचिन तेन्दुलकर, राहुल द्रविड र सौरव गांगुली पछि भारतका लागि सर्वाधिक रन जोड्ने कप्तानको रेकर्ड धोनीको नाममा छ । क्रिकेटमा तीन वटै विधामा बनाएको रन जोड्ने हो भने उनको स्कोर सबै भन्दा बढी छ । 

‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा धोनीको नाम

पूर्व भारतीय कप्तान धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा छ । उनको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहनु २०११ को विश्वकपको विजयी छक्का हो । 

धोनीले श्रीलंकाविरुद्धको विश्वकप फाइनल खेलमा छक्का प्रहार गर्दै २८ वर्ष पछि भारतलाई उपाधि दिलाएका थिए । धोनीले फाइनल खेलमा छक्का हानेको ब्याट दुनियाको सबै भन्दा महंगो ब्याट बनेको छ । 

लाखौ डलरमा बिक्यो ब्याट
Image result for MS Dhoni's Guinness Book bat
भारतको एक कम्पनी आर के ग्लोबल एन्ड सेकुरिटी लिमिटेडले धोनीको उक्त ब्याटलाई किन्नका लागि लाखौ डलर खर्चेको थियो । जहाँ कम्पनीले उक्त ब्याटका लागि १ लाख ६१ हजार २९५ डलरको बोली लगाएको थियो । यती महंगो ब्याट बिक्री भएका करण धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा राखिएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।