काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच राजनीतिक दस्ताबेजमा सहमति जुटेको छ।
सहमति जुटेलगतै पार्टीको राजनीतिक दस्तावेज प्रकाशन हुने भएको छ। स्रोतकाअनुसार पार्टीको दस्तावेजमा जनताको बहुदलीय जनवाद र माओवाद दुबै राखिएको छैन।
दस्तावेजमा जनताको जनावादलाई अन्तिम रुप दिएको छ। एक वर्षअघि पार्टी एकीकरणका क्रममा सम्पूर्ण रुपमा सहमति भएर पारित भए पनि दस्ताबेज प्रकाशन भएको थिएन।
आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेजमा सहमति जुटेको बताए।
‘एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ’, प्रचण्डले भने, ‘त्यो भोलि प्रकाशनमा जाँदै छ।’
उनले पार्टी एकताको सन्दर्भको एउटा ठूलो काम भएको र राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीतिमा अन्योल रहेको बताए।
‘आजबाट त्यो अन्योलको अन्त्य गर्ने हामीले निर्णय गरेका छौं’, प्रचण्ड भने। माधव नेपाल संयोजकत्वको कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन मातहतका संगठनबाट पारित भए पनि प्रकाशन भएको थिएन।
याे पनि पढ्नुहाेस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४