बुधबार, साउन २७, २०८३

सरकारविरुद्ध नेविसंघको आन्दोलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेवि संघ) ले सडक आन्दोलन सुरु गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड गर्नेगरी सरकारले लिएको सो निर्णयविरुद्ध आइतबारबाट काठमाडौंमा सडक आन्दोलन सुरु गरेको हो।

लौका, बोडी, सिमीलगायतका तरकारीको माला लगाएर काठमाडौंको प्रर्दशनीमार्गमा विरोध प्रर्दशन गरिरहेका नेविसंघका नेता, कार्यकर्ताहरुले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणको काम तत्काल सूरु नगरे सरकारविरुद्ध देशभर आन्दोलन सुरु गर्ने चेतावनी दिए। 

प्रर्दशनीमा ‘विषादीयुक्त फलफूल तथा तरकारी खुवाउन पाईदैन, जनता मार्ने सरकार चाँहिदैन’ लगायतका नारासहित सरकारको चर्को आलोचना गरिएको थियो।

जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नुपरेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए। उनले सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु नगरेसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिए।

नेविसंघले सरकारको सो निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने तयारी पनि गरेको छ। 

भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादीको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।