बुधबार, साउन २७, २०८३

सरकारले घुँडा टेकेर लम्पसार नीति लिएको छ : कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्ति राष्ट्रसँग सरकारले घुँडा टेकेर लम्पसार परेको आरोप लगाएको छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भारतबाट आउने विषाक्त तरकारी परीक्षणका विषयमा सरकारले घुँटा टेकेको आरोप लगाएका हुन् ।

‘हाम्रो संविधानमा खाद्य सम्बन्धी अधिकार हो। केही दिन अगाडि नेपालमा आयात गरिने सागसब्जी विषदीयुक्त रहेको नेपाल सरकारले भनेको थियो। त्यस्तो खान्न दिन्न भनेको थियो। हामीले स्वागत गरेका थिए। विषात्त खाएर हामी विरामी हुँदैनौं।’ खाणले भने।

केही दिनमै सरकारले त्यस निर्णयलाई उल्ट्यायो। सरकारले घुँडा टेकोको छ, लम्पसारवादी नीति लिएको छ, लम्पसार भएको छ। त्यसकारण नेपाली जनताको स्वास्थ्यको अधिकार, खाद्यको अधिकार पाउन्। यस विषयमा हामीले सदनको ध्यानाकर्षण गराउँछु। सम्बन्धीत मन्त्रीले तुरुन्तै जावाफ दिनुस्। किन घुडा टेकेर खोल्नु भयो?’ उनले प्रश्न गरे।

सभामुखले रुलिङ्ग गरेका कतिपय विषयहरु कार्यन्वयन नभएको भन्दै खाँडले त्यसप्रति ध्यानाकर्षण गराए।

‘सरकार विधिको अधिकारमा चल्नुपर्छ, विधिको रक्षा गर्नुपर्छ। तर सर्लाही जिल्लामा कुमार पौडेलको गोली हानी हत्या भएको छ। फर्जी मुठभेट भएको देखाइएको छ। उनलाई पहिले अंगभंग गरेर गोली हानेको छ।’ खाणले भने, ‘कसैले संविधान विपरीत काम गरेको छ भने त्यसलाई न्यायिक प्रक्रिया, बैधानिक प्रक्रियाबाट समाधान गर्नुपर्छ। मुठभेटको नाममा मानव अधिकार विरोधी काम गर्नु हुँदैन।’

‘सर्लाही मै ईश्वपुर बाँके खोलामा गैरकानूनी तरिकाले गिटीबालुवा उतखन्न भएको छ। त्यहा ठूला खाल्डा बनाएका छन्। कुनै खालको परिक्षण नगरी बालुवा निकालिएको छ। त्यहाँ खाल्डो थियो। अमित यादव त्यहाँ डुबे, उनीहरुले राजमार्गमा उनीहरुले न्याय माग्न गए।

’ खाणले भने, ‘न्यायका लागि राज्यसँग अपिल गरिरहेकाहरुलाई गोली प्रहार गरेर सरोज कुमार सिंहलाई टाउकोमा गोली हानिएको छ। यो हत्याको निन्दा गर्दछु। विरोध गर्दछु। ताकी ताकी टाउकोमा गोली हानिदैछ भने यो संविधानको विरोधी हुनेछ। यस बारे गृहमन्त्रीले संसदमा जानकारी गराउनु पर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।