बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको प्रश्न : ओलीको राष्ट्रवाद विषादीमा सकिएको हो ? 

कांग्रेसको प्रश्न : ओलीको राष्ट्रवाद विषादीमा सकिएको हो ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतीय तरकारी नाकामा परीक्षण गर्न छाडिएकोमा चर्को विरोध गरेको छ । 

आफ्नै घोषणाविपरीत सरकारले विषादी परिक्षण गर्न छाडेर नागरिककको जीवनमाथि खेलवाड गरेको भन्दै कांग्रेसले विरोध जनाएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विषादीयुक्त तरकारी–फलफूल प्रवेशमा तत्कालै कडा परीक्षण र नियन्त्रण गर्न माग गरेका छन् ।
 
नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्न किञ्चित नहिच्किने सरकारको जनविरोधी प्रवृत्तिलाई कांग्रेसले गम्भीर रूपमा लिएको शर्माले उल्लेख गरेका छन्।
 
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद विषादीमा आएर विर्सजन भएको हो ? भनेर समेत प्रश्न गरेको छ । प्रवत्ता शर्माले भनेका छन्, ‘निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’

सरकारले जनताको जीवनसँग खेलवाड गरेर हदैसम्मको नालायकीपन देखाएको कांग्रेसको आरोप छ । तत्काल यो कदमलाई सच्याउँदै विषादी परिक्षणलाई निरन्तरता दिन माग गरेको  छ।
 
सरकारले भारतीय नाकामा गरिने विषादी परिक्षणलाई रोक्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भइराखेको छ। सत्तारुढ दलका सांसदहरुले समेत सरकारको यो कदमको चर्को आलोचना गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।