बुधबार, साउन २७, २०८३

एसईई पूरक परीक्षा सर्‍यो, भदौ १ बाट हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  एसईई पूरक परीक्षा सरेको छ । साउन २६ देखि हुने भनिएको पूरक परीक्षा भदौ १ बाट गर्ने गरी सारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

आइतबार सुचना जारी गर्दै बोर्डले केहि तयारी गर्नु पर्ने भन्दै भदौ १ बाट ११ गतेसम्म परिक्षा सञ्चालन गरिने जनाएको छ । 

भदौ १ गते अनिवार्य अंग्रेजी र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । 

भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ । भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ । 

सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । 

यस्ताे छ परिक्षा तालिका

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।