काठमाडाैं- मनसुन सक्रिय हुन सुरु गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सबैलाई सचेत हुन अपिल गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले महाशाखाले एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।
महाशाखाले नदी र खोलामा जलस्तर बढदो क्रममा रहेको र एक सातापछि बहाव उच्च हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून छ।
डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आइतबार बिहानदेखि बहाव उच्च हुने अनुमान छ। केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहनसमेत महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४