काठमाडौं- भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको निर्णय फिर्ता लिएको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश व्यक्त गरेका छन्।
शर्माले शनिबार आफ्नो ट्वीटरमार्फत् प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसमक्ष आक्रोश पोखेका हुन्।
शर्माले यस्तो विषयमा प्रचण्ड मौन रहेको प्रति पनि प्रश्न खडा गरेका छन् ?

उनले ‘प्रदुषण भरिएको शहरमा मास्क नलगाई हिड्ने र विषादीयुक्त तरकारी खाएर प्रधानमन्त्रीको महान राष्ट्रवादको गुणगान गाउँदै हिडौँ ?’ भन्दै प्रश्न गरेका छन्।
प्रवक्ता शर्माले प्रचण्डलाई तरकारीको विषादीमा अन्तरघुलित भएको भन्दै यसलाई माक्र्सवादी राष्ट्रवाद भन्छन् भन्दै प्रश्न गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४