काठमाडौं - आठ जनाको जघन्य हत्या गरेर फरार रहँदै प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खान पक्राउ परेका छन्। २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्या गरी उनी फरार भएका थिए।
कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनी भारतमै लुकीछिपी बस्दै आएका प्रहरीले जानकारी दिएको छ। प्रहरीले पछिल्लो समय उनको खोजि तिव्र पारेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४