बुधबार, साउन २७, २०८३

फेरि गयो अमेरिकामा शक्तिशाली भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसका अनुसार स्थानीय समय अनुसार शुक्रबार राति (नेपाली समयअनुसार  सवा आठ बजेतिर आएको पछिल्लो झट्का ७.१ म्याग्निच्युडको रहेको छ।

यसअघि बिहीवारको भूकम्प ६.४ म्याग्निच्युडको थियो। दोस्रो भूकम्पको केन्द्रविन्दु पनि लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको छ।

भूकम्पबाट हालसम्म गम्भीर प्रकृतिका कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएका छैनन्। पर्खालमा चिरा परेको, शिशा फुटेको अनि ग्यास पाइप फुटेका जस्ता घटना भएका छन्।

विज्ञहरूका अनुसार बिहीवारको झट्का शुक्रवारको झट्काको पूर्व कम्पन थियो। यी भूकम्पसँगै थुप्रै परकम्प आइरहेको बताइएको छ।

लस एन्जलसको अग्निनियन्त्रण विभागका अधिकारीहरूका अनुसार भूकम्पपछि गरिएका प्रारम्भिक सर्वेक्षणहरूमा कतै ठूलो पूर्वाधार क्षति भएको पाइएन।
तर पछिल्लो कम्पनपछि केही स्थानीय स्तरमा बिजुली गएको विवरण आएका छन्।

क्यालिफोर्निया राज्य भूकम्पको उच्च जोखिममा रहेको मानिन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।