बुधबार, साउन २७, २०८३

'विषादी परीक्षण रोक्ने ओली सरकार गैरजिम्मेवार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारले भारतीय पक्षको दबाबमा परेर भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण रोक्ने निर्णयप्रति विवेकशील नेपाली दलले विरोध जनाएको छ।

दलले शनिबार एक विज्ञप्ति जारी गर्दै नागरिकले विषादी रहित, स्वस्थ तरकारी तथा फलफुल उपभोग गर्न पाउने अधिकार कुण्ठित हुने गरी गरिएको निर्णय फिर्ता लिन र परीक्षणको प्राविधिक पक्षलाई तत्कालै सबल बनाई विषादी परीक्षण सुचारु गर्न जोडदार मागसमेत गरेको छ।

सरकारी नीति अनुरूप सरकार आफैँले राजपत्रमै प्रकाशित गरी सुरु गरेको विषादी परीक्षणको काम रोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको थियो। यो कदमले केपी ओली सरकारले सत्तारोहण गर्नुअघि बनाएको राष्ट्र रक्षकको छविमै फेरी पेचिलो प्रश्न तेर्सिएको दलले बताएको छ। 'सरकार नागरिकमुखी हुनुको सट्टा उल्टो करोडौँ नागरिकको स्वास्थ्यसँग सम्झौता गर्दै गर्दा हामी कस्तो समाजवाद उन्मुख हुँदै छौँ ?' दलले प्रश्न गरेको छ।

'भारतीय पक्षले दिएको दबाबलाई भन्सार क्षेत्रमा उपयुक्त विषादी परीक्षणका उपकरण र प्रविधि उपलब्ध नभएको भन्ने बहानामा नअल्झिई यथाशीघ्र प्राविधिक काम पुरा गरी पुनः नाकामा विषादी परीक्षण सुरु गर्न विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ। प्रक्रियागत निर्णय भई कार्यान्वयन भइरहेको स्थितिमा विषादी परीक्षण नै रोक्ने प्रस्ताव प्रधानमन्त्रीबाटै आउनु निकै गैरजिम्मेवार र नागरिकको स्वास्थ्यमाथि अनुदार कदम भएको विवेकशील नेपाली दलको ठहर छ। स्वास्थ्य नागरिक बने पो त देश समृद्ध हुन्छ। सरकार तिमी कहिलेसम्म यो हदसम्म विवेकहिनताको बन्दी बनिरहन्छौँ?', विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।