बुधबार, साउन २७, २०८३

स्कुटर दुर्घटनामा दुईको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कञ्चनपुरको बेलौरीमा स्कुटर दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ। शुक्रबार साँझ बेलौरी नगरपालिका-१० भुडामा यु पी २६ एए ६५३८ नम्बरको भारतीय स्कुटर कल्भटमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा भारतको कम्वोजनगरकी २३ वर्षीया पविन्द्रा चौधरी र पछाडि सवार सोही स्थानकी २३ वर्षकै मनिषा हमाल रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको बेल्डाँडी प्रहरीले जनाएको छ।  तिव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।