बुधबार, साउन २७, २०८३

महिनावारी दुखाई : प्रसव वेदनाभन्दा कम हुँदैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

के हुन्, डिस्सेमनरिया, इन्डोमोट्रोसिस, प्रिमेन्सुरेसनल सिन्ड्रोम 

महिनावारी महिलाहरूका टर्चरकै अवस्था हो। महिनावारीको दुखाई कुनै प्रसव वेदना भन्दा कम हुँदैन। तर, यस समयमा हुने दुखाई भने एकै किसिमको भने हुँदैन। ‘डिस्सेमेनरिया’, ‘इन्डोमेट्रोसिस’ र ‘प्रिमेन्सुरेसनल सिन्ड्रोम’ यी प्रमुख दुखाई हुन्।  

के हुन्छ महिनावारीमा ?

महिनावारी हुँदा पाठेघर भित्रको जति  पनि रगत बग्ने भाग महिलाको योनीबाट बाहिर आउँछ। कतिपय अवस्थामा पाठेघरबाट बाहिर योनीतिर नआइ पेट तर्फ जान्छ।  जसको कारण महिनैपिच्छे रगत पेटआन्द्रामा टासिने गर्छ। यसले रगतको डल्लो बनाउने, टासिने जस्ता समस्या आउँछ। यस कारण पनि, प्रत्येकपल्ट महिनावारी हुँदा दुख्छ। 

महिनावारीको लागि बन्ने रगतको तन्तुमा पाठेघर बाहिर पनि हुन्छ। महिनावारीको प्रत्येक चक्रमा भित्र जस्तै बाहिर पनि रगत त्यसरी नै बस्छ। तर, महिनावारी हुँदा उक्त रगत भने आउँदैन। त्यो रगतको डल्लो भित्रै रहन्छ। वा रगतको गिर्खा गिर्खा बन्छ। जसको कारण भित्र घाउ हुन सक्छ।  त्यसका कारण, आन्द्राहरूमा  पनि टासिन सक्छ। जसको कारण, एलिमेन्टरी र ड्डुडेमाइन् ट्युबमा असर पर्छ। 

प्रिमेन्सुरेसनल सिन्ड्रोम (पिएमएस)

प्रिमेन्सुरेसनल सिन्ड्रोम (पिएमएस) महिनावारी हुनुभन्दा अघि हुने समस्या हो। पिएमएस प्राय: २० देखि ३० वर्षको महिलाहरूमा बढी हुने गर्छ। यो साइकलिक हुन्छ। यो महिनावारीको सेकेन्ड हाफ देखि सुरू हुन्छ। र विस्तारै महिनावारीको दोस्रो हाफसँगै विस्तारै घट्ने गर्छ।

सेकेन्ड हाफ भन्नाले ‘ओभुलेसन’ सुरू हुनु अघि हुन्छ। ओभुलेटरी साइकलमा पिएमएस हुने गर्छ। ओभुलेटरी साइकलमा बन्ने हर्मोनहरूको लेभल महिनावारीसँगै हट्दै जान्छ। महिनावारी बन्द भएसँगै ननओभुलेटरी साइकलमा केही दुखाई हुन्न। र पुन: ओभुलेटरी साइकलसँगै पुन: सुरू हुन्छ। 

यसको लागि कि महिनावारी बन्द गर्नु पर्‍यो कि त ओभुलेसन बन्द गर्नु पर्‍यो। जति परिवार नियोजनका साधन छन्, पिल्स, संगिनी सुई यी सबैले ओभुलेसन बन्द गराउने हो।  यो नै निश्चित उपचार त होइन तर, गर्न सकिन्छ। 

यसमा भौतिक लक्षाण (सोम्याटिक सिम्टम्प) र अर्को मानसिक लक्षण (मेन्टल सिम्पटम ) दुवै देखिने गर्छ।  भौतिकमा पेट फुले जस्तो लाग्ने (ब्रोलोटिङ्ग), मोटाए जस्तो लाग्ने तर महिनावारी पछि भने फेरि दुब्लाउने हुन्छ, पेट दुख्ने हुन्छ। 

मानसिकमा भने मुड परिवर्तन हुने प्रमुख लक्षण हो। मुड चेन्ज भइरहन्छ। छिन मै खुशी फिल हुने, छिन मै दुखी हुने, रून मन लाग्ने जस्ता प्रवृति देखिन्छ। छिट्टै रिस उठ्ने, मान्छेसँग झर्किने, दिक्क लाग्ने, तनाव हुने, निद्रा नलाग्ने, रिस्टलेस हुने हुन्छ। दैनिक कामको स्ट्रेस तथा वातावरणिय प्रभावको पनि कारण हुनसक्छ।

डिस्सेमेनरिया

महिनावारीको समयमा पेट दुख्ने समस्यालाई डिस्सेमेनरिया भनिन्छ। कसैलाई  महिनावारी भएकै बेलामा हुन्छ वा त कसैलाई महिनावारी  हुनु अघि डिस्सेमेनरिया हुन्छ। तर महिनावारीको अन्तय सँगै दुखाई पनि बन्द हुन्छ।  

हर्मोनको असन्तुलनका कारण हुने डिस्मेनरिया प्रमुख महिनावारी सुरू हुने एक दुई दिन अघि सुरू भई महिनावारी सकिएसँगै बन्द हुन्छ। 

अपसंख्यकमा भने कतिको महिनावारी सुरू हुनु भन्दा एक हप्ता दश दिन अघि सुरू हुने गर्छ। कसैको  रगत बग्न सुरू भइसके पछि पनि दुख्ने गर्छ। 

हर्मोनको कारणले मात्र हो भने महिनावारी सुरू हुँदा सुरू हुने र बन्द हुँदा बन्द हुने गर्छ।

 इन्डोमेट्रोसिस

महिनावारीसँगै सम्बन्धित अर्को रोग हो, इन्डोमेट्रोसिस। इन्डोमेट्रासिसमा महिनावारी हुनु भन्दा अघि देखि दुख्ने हुन्छ। यो अवस्थामा महिनावारी हुनुजेल र रगत बग्न बन्द भइसके पछि पनि दुख्ने गर्छ। रगत बग्न छोडे पछि पनि दुख्न थाल्छ। यो भने एक प्रकारको रोग हो। 

कसरी छुट्टिन्छ प्रेग्नेन्सी ?

महिनावारी सुरू हुनु भन्दा १ देखि २ हप्तासम्म यो समस्या आउन सक्छ। कतिपय अवस्थामा पिएमएस र महिनावारीमा महिलाहरू धेरै झुक्किने गर्छन्। गर्भवती हुनको लागि महिनावारी नै रोकिनु पर्छ। पिएमएसमा भने महिनावारी हुन समय लाग्छ जसको लक्षण महिलाहरूलाई प्रेग्नेन्सी जस्तो लाग्छ।
  
विवाहित र अविवाहितमा के कतिको फरक हुन्छ ?

विवाहित महिलालाई अझ बढी असर गर्ने हुन्छ। उनीहरूलाई हुने स्ट्रेस र तनावको कारण पनि पिएमएस बढी हुनसक्छ। अविवाहितमा यो अलि कम हुनसक्छ। 

औषधीको सेवन कति हानीकारक छ वा छैन ?

बजारमा पाइने ‘मेफेनामिक एसिडयुक्त’ औषधी दुखाई कम गर्ने औषधी हुन्छ।  ‘मेफेनामिक एसिड’मा  ‘मेफ्टल’ नामक औषधी धेरैले प्रयोग गर्ने गरेका छन्। यसको कारण हामीले पनि बढी पेट दुखाई हुन्छ भने ‘रेफर’ गरेका छौं। 

दुखाई कम गराउने भएकाले यसले प्रजननमा खासै असर त गर्दैन तर, अत्याधिक मात्रामा सेवन भने गर्नु हुँदैन। मेफ्टलले रगत बग्नमा पनि कम गर्ने हुँदा बढी रक्तश्राव हुनेको लागि पनि यो खान मिल्छ।   

मेफेनामिक एसिडका ४० देखि ६० प्रतिशत रक्तश्राव कम हुन्छ। मेफ्टल बाहेक अर्को औषधी हो,  ड्रोटाभेरिन। 

पाठेघरको दुखाइ दुई किसिमको हुन्छ। एक सामान्य दुखाई भने अर्को पाठेघर खुम्चिएर हुने दुखाई। पाठेघर खुम्चिएर हुने दुखाइमा भने ड्रोटाभेरिनको प्रयोग गर्ने गरिन्छ, जसले पाठेघरलाई कम खुम्च्याउन्छ। 

कम्मरको दुखाईको सम्बन्धमा भने प्रोस्टाग्लान्डिन निस्कन्छ। यो एउटा बायोमोलिक्युल हो। औषधीहरू प्रोस्टाग्लान्डिन इनिभिटा भनिन्छ, जसको अर्थ दुखाइमा हस्तक्षेप गर्ने गर्छ। यस्ता औषधीले प्रोस्टाग्लान्डिनलाई कम गराउँछ जसको कारण दुखाई कम हुन्छ। ‘मेफ्टल’ मेफेनामिक एसिड महिनावारीमा मात्र नभइ अन्य टाउको दुखाईमा पनि प्रयोग गर्न सकिन्छ। 

ढिक्का रगत आएमा हेबी बिल्डीङ्ग हुने। ८० मिएल भन्दा बढी गएमा हेबी बिल्डिङ भएको मानिन्छ। धेरै रगत जानु राम्रो होइन्। कम रगत जानुको अर्थ रगत बच्छ।  कम हुनुले पाठेघरमै केही समस्या रहने  गर्छ। 

के सल्लाह दिनु हुन्छ  ?

महिनावारीको प्रत्यक्ष उपचार छैन। महिनावारी भएकै कारण दुख्छ भने महिनावारी नगराउँदा पनि हुन्छ। यसले प्रजननमा समस्या ल्याउँदैन। हाल बच्चा पाउनु छैन भने बन्द गर्दा हुन्छ। र बच्चा पाउने समयमा सुरू गर्दा हुन्छ। यो पानीको मुल सुकेको जस्तो नभई पानी आउने स्रोत नै बन्द गर्ने हो। महिनावारीको समयमा पिरो तथा चिल्लो खानेकुराको मात्रा भने कम गर्नु पर्छ। 

(परोपकार प्रसूति गृह अस्पतालका उपकुलपति तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. बरालसँग नेपाल समयका लागि प्रविता श्रेष्ठले गरेको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।