काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले शनिबार काठमाडौंसहित देशका पूर्व तथा मध्ये भेगमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ भने पश्चिमी क्षेत्रका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
महाशाखाले पश्चिम र मध्ये क्षेत्रका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको र केही स्थानका ठूलो वर्षा हुने भएकोले सो क्षेत्र आसपासका जनतालाई सतर्कता अपनाउन आग्रहसमेत गरेको छ। विशेषतः महाशाखाले सूदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याएको छ।
भारी वर्षाका कारण आज डडेलधुरा, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपासका जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म पानीको वहाव उच्च हुन सक्ने भन्दै महाशाखाले केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने भएकोले नदी छेउछाउका जनतालाई सतर्क रहन आग्रह गरेको हो।
यस्तै महाशाखाले शनिबार राति देशभर सामान्य बदलि भई केही भु(भागमा हल्का देखि मध्यम र १(२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४