बुधबार, साउन २७, २०८३

भान्सामा भित्रिँदै विषादी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशीत भएका अधिकांश राष्ट्रिय दैनिकले सरकार भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतको दबाबमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्ने निर्णय गरेको थियो।

यसै विषयलाई कान्तिपुरले भान्सामा भित्रिँदै विषदी शिर्षकमा समाचार प्रकाशन गरेको छ। 

भारतको दबाबका साथै पर्याप्त प्रयोगशाल नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ। यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणविनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ। 

वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले असारदेखि लागू हुने गरी आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने गर्ने निर्णय गरेको थियो। यो व्यवस्था राजपत्रमा सूचना प्रकाशन गरी लागू भएको थियो।

'परीक्षण थालेपछि हल्लाखल्ला भयो' कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले भने 'फेरि वाणिज्यले पूर्वाधार नभएको भन्दै परीक्षण गर्न नसक्ने अर्को प्रस्ताव मन्त्रिपरिषद्मा ल्यायो, सोही प्रस्ताव पारित भयो।'

यस्तै कान्तिपुरमै टुंगिएको मुद्दामा फेरि सुनुवाइ भन्ने शिर्षकको अर्को समाचारसमेत प्रकाशीत भएको छ। 

सर्वोच्चबाट न्याय निरुपण भइसकेको पूर्वअधिराजकुमारी प्रेरणाको जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीसहितको संयुत्त इजलासले मिसिल झिकाउने आदेश दिएको हो। 

यस्तै अन्नपूर्ण पोष्ट दैनिकमा दलाई लामाको जन्मोत्सवमा रोक शिर्षकको समाचार प्रकाशन भएको छ। 

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेका थिए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।