बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली महिलाका बलात्कारीलाई सुनाईएको फासीको सजायँ फिर्ता

नेपाली महिलाका बलात्कारीलाई सुनाईएको फासीको सजायँ फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले एक नेपाली महिलामाथि सामुहिक बलात्कार गरी हत्या गर्ने ७ जनालाई सुनाइएको फासीको सजायँ उल्ट्याएको छ।

सन् २०१५ फेब्रुअरी १ मा हरियाणाको रोहतक जिल्लामा एक अशक्त नेपाली महिलामाथि बलात्कार गर्नेहरुले गरेको अपिल स्वीकार गर्दै पञ्जाब हरियााणा उच्च अदालतले सुनाएको फासीको सजाय उल्ट्याएको हो।

मानसिक रुपमा विक्षिप्त नेपाली महिलामाथि बलात्कार गर्नेहरुलाई अदालतले फासीको सजायँ सुनाएपछि गत मार्च २० मा दोषीहरुले पञ्जाब हरियाणा उच्च अदालतमा सजायँ खारेजीका लागि अपिल गरेका थिए।

उक्त अपिलपछि अदालतले फासीको सजायँ यथावत राख्दै जरिबानाको कम १.७५ लाखबाट बढाएर ५० लाख बनाईदिएको थियो। अदालतले घटनालाई संगीन अपराधको उपमा दिएको थियो।

उक्त घटना हरियाणाको रोहतक जिल्लास्थित गड्डी खेरा गाउँमा भएको थियो। उक्त घटनामा बलात्कारीहरुले सामूहिक बलात्कारपछि ढुंगाले हानेर हत्या गरेका थिए।

घटनामा फरार भएका २२ वर्षका सोमबीर भनिने व्यक्तिले नयाँ दिल्लीमा आत्महत्या गरेका थिए।

भारतको सर्वोच्च अदालतले पञ्जाव हरियाणा उच्च अदालतको फैसला रोक्दै फेरि मिसिल झिकाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

अदालतले अपराधीहरुको अपिलमा फासीको सजायँमा रोक लगाए पनि अन्तिम फैसला भने गरिसकेको छैन।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।