बुधबार, साउन २७, २०८३

लीलाध्वज साहित्य सम्मान तुलसी दिवसलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी दिवसलाई प्रदान गरिएको छ। 

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दिवसलाई उक्त सम्मान प्रदान गरेका हुन्। सम्मान कार्यक्रममा कवि दिवसका बारेमा वरिष्ठ समालोचक अभि सुवेदीले प्रकाश पारेका थिए।

 दिवससँग बाल्यकालदेखि नै सामीप्यमा रहेका सुवेदीले दिवसको यौवनकाल, राजधानी प्रवेश गरेपछि कविता विधामार्फत दिवसले आफ्ना समवयी उमेरका व्यक्तिहरूसँग स्थापना गरेको हार्दिकतापूर्ण सम्बन्ध, प्रज्ञा प्रतिष्ठान र नयाँदिल्लीस्थित भारतीय दूतावासको सांस्कृतिक सहचारी भएर कलासाहित्यमा पुर्याएको योगदान, पद्मकन्या क्याम्पस र त्रिचन्द्र क्याम्पसमा गरेको प्राध्यापन, लोकवार्ताका क्षेत्रमा गरेको अनुसन्धान आदिको बारेमा चर्चा गरेका थिए। 

साहित्यकार थापाको स्मृतिमा २०७३ सालमा स्थापित लीलाध्वज थापा स्मृति प्रतिष्ठान स्थापना भएको थियो। प्रतिष्ठानले बर्सेनि एक जनालाई पुरस्कृत गर्दै आएको छ। कार्यक्रममा विजय थापाको समुद्रवारि समुद्रपारि कृतिको लोकार्पण गरिएको थियो। कृतिमाथि समालोचक राजेन्द्र सुवेदीले टिप्पणी गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।