बुधबार, साउन २७, २०८३

सामाजिक सुरक्षा कोष संकलन साउनदेखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले आगामी साउन महिनादेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने जनाएको छ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने काम भईरहेको र आगामी श्रावणबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा कोषमासूचिकृतहरुको संख्या भने उत्साहजनक नभएको पनि स्पष्ट पारे।

हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन्।

कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि सो कोषमा नाम सूचिकृत गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको पनि बताए।

श्रमिकहरुलाई समेत सेवा अवकाश पछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको सो कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताए।

उनले सो कोषले सेवा अवकाश पछि दिने उपचार खर्च लगायतको सुविधा गरिब समूदायको हितमा रहेको पनि स्पष्ट पारे।

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेहरुको संख्या हाललाई उत्साहजनक नरहेपनि त्यसप्रति आकर्षण विस्तारै बढदै जाने कार्यकारी निर्देशक अधिकारीको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।