बुधबार, साउन २७, २०८३

मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकहरुको धर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- पूर्वअस्थायी शिक्षकहरुले प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्। सरकारले जबजरस्ती पदमुक्त गरेको भन्दै शुक्रबार उनीहरु धर्नामा बसेका हुन्।

सिरहा, महोत्तरी, धनुषा, सप्तरीसहितका जिल्लाबाट पुगेका सयौं शिक्षकहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेट अगाडि धर्ना दिएका छन्।

विभित्र बहाना बनाएर सरकारले आफूहरुको जागिर खोसेकोले बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्।

परीक्षामा सहभागीनै नगराई अस्थायी रुपमा ६० वर्षसम्म जागिरमा राख्नुपर्ने आफूहरुको एक बुँदे माग रहेको धर्नामा सहभागी आमोद झाले बताए।

यसअघि उनीहरुले बिहीबार जनकपुरमा प्रदर्शन गरेका थिए। तीन दिनसम्म धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेका उनीहरुले यो अवधिमा माग पुरा नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने आन्दोलनरत शिक्षकहरुको भनाइ छ।

सरकारले नयाँ शिक्षा ऐनअनुसार अस्थायी शिक्षकलाई स्थायी गर्न एक पटकको लागि परीक्षा लिएको थियो। तर अधिकांश अस्थायी शिक्षक अनुत्तिर्ण भएका छन्। त्यसपछि २४ फागुनदेखि मावि र चैतदेखि प्रावि तथा निमावि शिक्षकलाई पदमुक्त गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।