जनकपुरधाम – आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सप्तरीको सुरुङा नगरपालिका–१ चहका बस्ने ३४ वर्षीय जंगबहादुर पुलामीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जंगबहादुरले ६५ वर्षीय आमा धनमाया पुलामी मगरलाई खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। टाउको र अनुहारमा खुकुरी प्रहार भएको धनमायाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
बिहीबार करिब चार बजे बुबा लोकबहादुर पुलामी बजार गएको मौका छोपी उनले आमाको हत्या गरेको बताइएको छ। प्रहरीका अनुसार जंगबहादुर आमाको शव नजिकै रक्ताम्य अवस्थामा भेटिएका थिए।
पक्राउ परेका जंगबहादुरविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरि जिल्ला अदालत सप्तरीबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४