काठमाडौं- प्रधानसेनापति पूर्णचन्दा थापा विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएका छन्। भ्रमणका क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागका उच्च अधिकारीहरुसँग समेत भेटवार्ता गर्ने योजना छ।
संयुक्त राष्ट्र संघको औपचारिक निमन्त्रणामा राष्ट्र संघको मुख्यालय न्युर्योकमा ब्रिटिश आम्र्ड फोर्सले यही असार २५ गते आयोजना गर्ने ‘फस्र्ट वमेन, पिस एण्ड सेक्युरिटी डब्ल्युपीएस सीएचओडीएस नेटवर्क मिटिङ’ र संयुक्त राष्ट्र संघको सचिवालयले मिति असार २६ गते गर्ने तेस्रो चिफ्स् अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति थापा असार २३ गते अमेरिका प्रस्थान गर्न लागेका हुन्।
भ्रमणका क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागमा अमेरिकी सशस्त्र बलका उपाध्यक्ष तथा दक्षिण एसिया हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनाले जनाएको छ।
प्रधानसेनापति थापा आगामी साउन १ गते स्वदेश फर्किने कार्यतालिका हरेको छ।
नेपाली सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको वर्षौँदेखिको आपसी सम्बन्ध र मित्रता भनै प्रगाढ हुने विश्वास लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४