बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनता र ग्लोबल मर्जर सम्झौता : अध्यक्षमा ढकाल, सिइओमा क्षत्री

जनता र ग्लोबल मर्जर सम्झौता : अध्यक्षमा ढकाल, सिइओमा क्षत्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच एक आपसमा मर्ज हुने भएका छन्।

दुबै बैंकले शुक्रबार मर्ज हुने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशबबहादुर रायमाझीले मर्जरका लागि सहमतिपत्रमा गरेका हुन्।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने र सञ्चालक समितिको अध्यक्षमा पनि चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउने गरी सम्झौता भएको ग्लोबल आइएमई बैंकले जनाएको छ। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ।
नेपाल राष्ट्र बैंकले असार १२ गते बैंकका अध्यक्ष तथा सिइओहरुलाई बोलाएर मर्जरका लागि दबाव दिएको थियो।

सो दबावको पहिलो कार्यान्वयन गर्नेमा ग्लोबल आइएमई बैंक र जनता बैंक रहेका छन्। जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुँवर क्षत्रीले अहिलेको आवश्यकतालाई ध्यान दिँदै मर्जरमा जाने निर्णय भएको बताए।

कुँवरले मर्जरका लागि स्वाप रेसियोको बारेमा ड्यू डेलिजेन्स अडिट (डीडीए) पछि सोही अनुरुप गरिने बताए। जनता बैंकसँगको मर्जरपछि ग्लोबल बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड र जनता बैंकको ८ अर्ब गरी कुल १८ अर्ब ३१ करोड रुपैँया चुक्ता पूँजी पुग्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।