बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीआईबी प्रमुख भन्छन्, ‘बालुवाटारमा साना ठूला कसैलाई छाड्दैनौँ’ 

सीआईबी प्रमुख भन्छन्, ‘बालुवाटारमा साना ठूला कसैलाई छाड्दैनौँ’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको विषयमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले आरोपितमाथिको बयान सुरु गरेको छ।

ललिता निवास प्रकरणमा केही उच्च नेता र व्यापारीको हात रहेका तथ्यहरु बाहिर आइरहेका बेला केन्द्रीय अनुसन्धान व्युरोले जतिसुकै शक्तिशाली र उपल्लो पदमा बसेको भएपनि दोषी देखिए उम्कन नसक्ने दाबी गरेको हो। सीआईबीले भनेको छ, ‘चाहे जो सुकै होस् उक्त जग्गामा संलग्न देखिए अनुसन्धानको दायरामा ल्याएरै छाड्छौँ।’

नेपाल समयसँग कुरा गर्दै केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख डीआजी निरजबहादुर शाहीले लतिला निवास प्रकरणसँग जोडिएका विषयको सुक्ष्म अनुसन्धान भैरहेको र संलग्नमाथिको बयान सुरु गरेको जनाएका छन्। उनले भने, ‘यो विषयमा संलग्न जाहे त्यो ठूलो होस वा सानो कोही भए पनि छाडिदैँन।’

बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको एक सय १५ रोपनी जग्गा हिनामिना भएको विषय सञ्चारमाध्यमबाट बाहिर आएपछि सरकारले गत फागुन २८ गते केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानको जिम्मा दिएको थियो।

उक्त जग्गा हिनामिनामा केही उच्च राजनीतिक व्यक्ति र व्यापारीको संलग्नता देखिए पनि उनीहरुविरुद्ध कारबाही हुनेमा आशंका बढिरहेका बेला सीआईबीले जोसुकैको संलग्नता देखिए पनि अनुसन्धान र कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरेका हुन्। 

केन्द्रीय अनुसन्धान् विभागलाई तीन महिनाको समयाबधि तोकी अनुुसन्धानको जिम्मा दिइएको थियो। अनुसन्धान लम्बिएपछि सरकारले थप दुई महिना म्याद थपेको छ।

सरकारले २०२१ देखि ०२७ सालको बीचमा मुअब्जा तिरेर अधिग्रहण गरेको ललिता निवासको जग्गा २०४९ सालमा भोगाधिगारीले पुनः गैरकानुनी हिसाबले फिर्ता लगेका थिए।

रुक्मशमशेर सहितका भोगाधिगारीले गैरकानुनी रुपमा फिर्ता लगेको उक्त जग्गा भाट्भटेनी सुपरमार्केट्सका संचालक मीनबहादुर गुरुङ भुमाफिया रामकुमार सुवेदी, शोभाकान्त ढकाललगायले आफ्नो नाममा नामसारी गरेका थिए। 

उक्त सरकारी जग्गा नेकपाका महाससिचव विष्णु पौडेल सहित एकसय ५० भन्दा बढीको नाममा बेचबिखन भएको खुलेको छ। पूर्व सचिव शारदाप्रसाद त्रितालको संयजकत्वमा छानविन समिति गठन गरिएको थियो।

त्रित्रालको समितिले बालुवाटरस्थित ललिता निवासको एकसय १४ रोपनी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा सारिएको पत्ता लगाएपछि अख्तियार अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा दोषि देखिए, प्रमाण नष्ट गर्ने सम्भावना भए तथा अभियुक्त भाग्न सक्ने देखेमा आरोपीलाई तत्काल नियन्त्रणमा लिन सक्छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।