बुधबार, साउन २७, २०८३

बाबुरामको आक्रोश : जता काफल पाक्यो,उतै चरी नाच्यो !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - समाजवादी फोरमका अध्यक्ष बाबुराम भट्टराईले आफ्ना सहकर्मीहरूको पार्टी छाड्ने तयारीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले डन, व्यापारी र क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पसेर रस चुस्ने होडबाजी गरिरहेको बताएका छन्। भट्टराईले ट्विट गर्दै समाजवादी पार्टी छाडेर केही व्यक्तिले पदका लागि नेकपामा अध्यक्षद्वयसँग बार्गेनिङ गरिरहेको आरोप लगाएका छन्।

नयाँ संविधान जारी भएपछि राजनीतिबाट संन्यास लिने घोषणा गरेका डा. बाबुराम भट्टराईले माओवादीबाट अलग भइएर नयाँ शक्ति अभियान सुरु गरे। त्यसलाई उनले वैकल्पिक पार्टी बनाउने भन्दै राजनीतिक सक्रियता बढाए। एक वर्ष नपुग्दै नयाँ शक्तिका महत्त्वपूर्ण सहकर्मीले उनको साथ छाड्दै गए।

पार्टीले संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा समेत लज्जास्पद हार व्यहोरेपछि निष्क्रिय अवस्थामा नयाँ शक्तिलाई घिसारिरहेका भट्टराई केही समयअघि आफ्ना केही सहकर्मीसहित समाजवादी फोरममा विलय भएका थिए।

भट्टराई फोरममा पसेपछि उनको खासै भूमिका देखिएको छैन। उनी यतिबेला त्यहाँ पनि एक्लिएको अवस्थामा छन्। भट्टराईको फोरम प्रवेशसँग राजपा र फोरमबीचको एकता प्रक्रिया पनि अन्योलमा परेको छ।

अधिकांश सहकर्मीले छाड्दै हिँडेपछि राजनीतिक रुपमा निराशजस्तै भएका बाबुराम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार साँझ खुमलटार पुगे। त्यहाँ उनले प्रचण्डसँग झन्डै दुई घन्टा कुरा गरेको स्रोतले बताएको छ। निकै भावुक मुद्रामा प्रस्तुत भएका भट्टराईले आफ्नो राजनीतिक यात्रा नै धरापमा परेको र सबैतिरबाट आफू एक्लिँदै गएको निराशपूर्ण अभिव्यक्ति प्रचण्डसँग व्यक्त गरेका थिए । उनले डन, व्यापारी र क्रान्तिबाट थाकेकाहरू नेकपा प्रवेश गरेर पार्टीलाई बदनाम गराउन खोजेको भन्दै प्रचण्डलाई सचेत गराएका थिए।

भट्टराई सहयोगीहरू कल्पना धमला, देवेन्द्र पराजुली, मनु हुमागाईं शुक्रबार नेकपामा प्रवेश गरेका छन् । समाजवादीमा प्रवेश गर्नुअघि यी नेताहरू भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध थिए। समाजवादीका नेताहरूलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अध्यक्ष प्रचण्डले टीका लगाएर स्वागत गरेका थिए ।

यस्तो छ बाबुरामको ट्वीट 

यतिवेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ डनहरू,व्यापारीहरू,क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्! सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन्! भलो होस्!
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।