बुधबार, साउन २७, २०८३

बीमा रकमको लोभमा चार वर्षीय छोरीको हत्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – बीमा रकमको लोभमा परेर रौतहटमा बाबुले चार वर्षीया छोरीको हत्या गरेका छन्। 

२५ लाख बीमा रकम पाउन मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। लक्ष्मीको शव गत १७ गते पोखरीमा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बीमा रकम हातपार्न यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा राजकिशोरले बीमा रकमको लोभमा परि छोरीको हत्या गरेको रहस्य खुलेको थियो।

नियन्त्रणमा लिइएका यादवलाई प्रहरीले ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाएको छ।रौतहटस्थित गरुडा बैंकमा कान्छी छोरीको नाममा २५ लाखको बीमा गराएको २९ औं दिनमा राजकिशोरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

राजकिशोरले बीमाको पहिलो किस्ता करिब पौने दुई लाख बैंकलाई बुझाइ सकेका थिए। बीमा गरेको एक महिनामा बीमा गराउने व्यक्तिको निधन भए दुई गुणा रकम फिर्ता पाइन्छ भनेर उनलाई कसैले सुनाएको थियो। छोटो समयमा धेरै पैसा कमाउने लोभमा परी राजकिशोरले छोरीको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले जनाएअनुसार उनले घरमै कुटपिट गरी छोरीको हत्या गरेका थिए। हत्यापछि छोरीको शव पोखरीमा फ्यालेका राजकिशोरले छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए।

प्रहरी हिरासतमा रहेका राजकिशोर तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा समेत सामेल भएका थिए। द्वन्द्वकै क्रममा उनी २०५८ देखि ०६१ सम्म जेलसमेत बसेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।