बुधबार, साउन २७, २०८३

नेपालमा चोरी गर्ने पाकिस्तानी जोडी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सिरियल चोरीका घटनामा संलग्न पाकिस्तानी एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पुजा मोहसिन खान रहेका छन्। उनीहरुलाई  भक्तपुर दरबार स्क्वायरस्थित स्वीटहोम बाट पक्राउ गरिएको हो।

ललितपुरको झोछेस्थित राजेन्द्र श्रेष्ठले संचालन गरेको डेभिस मेट्रो मनि एक्सचेन्जमा चोरी भएपछि अपराध अनुसन्धान महाशाखाले अनुसन्धान सुरु गरेको थियो। उनीहरुले डेभिस मेट्रो मनि एक्सचेन्जबाट विदेशी मुद्रा सटहीको बहानामा  ९ सय अमेरिकी डलर, साउदी रियाल तीन हजार तथा चिनियाँ युआन एक हजार ४ सय चोरी  गरि फरार भएका थिए।
 
यसैगरि उनीहरुले गत बैशाख २९ गते भक्तपुरको सुर्यविनायकस्थित रामकृष्ण श्रेष्ठले संचालन गरेको आरके ईलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ चोरी गरि फरार भएका थिए भने लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचनबाट ७० हजार रुपैयाँ तथा बुटवलस्थित शारदा वाग्लेले संचालन गरेको राइजिङ स्पोर्टस् ग्यालेरीबाट एकलाख पचास हजार चोरी गरेको खुलेको छ।
 
पक्राउ परेका दुबैजना गत बैशाख ३१ गते बुटवलमा पक्राउ  परि  जनही ५० हजार धरौटीमा छुटेका थिए। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।